शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रद्द भएको पाँच महिनापछि धुलिखेल–खावा सडकको फेरि ठेक्का

रद्द भएको पाँच महिनापछि धुलिखेल–खावा सडकको फेरि ठेक्का

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • रद्द भएको पाँच महिनापछि धुलिखेल–खावा सडकको फेरि ठेक्का

    काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक स्तरोन्नतिको लागि सडक डिभिजन कार्यालय काभ्रेले पाँच महिनापछि फेरि नयाँ ठेक्का आह्वान गरेको छ । यसअघि ठेक्का सम्झौता गरिएको भए पनि निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण पुरानो ठेक्का रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाइएको हो । नयाँ ठेक्काअनुसार करिब ४ किलोमिटर लम्बाइको धुलिखेल–खावा खण्ड १४ महिनाभित्र निर्माण सक्नु पर्नेछ ।

    यसका लागि निर्माण कम्पनीहरूले ९० लाख रूपैयाँको बैंक ग्यारेन्टीसहित बोलपत्र पेस गर्नुपर्नेछ । सार्वजनिक खरिद व्यवस्थापन कार्यालय (पीपीएमओ) को पोर्टलमार्फत मात्र अनलाइन बोलपत्र दिन सकिने व्यवस्था गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुर, कटुञ्जे शाखाले ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको हो । यसअनुसार, प्राविधिक तथा आर्थिक प्रस्तावहरू २०८२ भदौ २ गते (२०२५ अगस्ट १८) दिउँसो १ बजे खोलिने छन् ।

    ठेक्का सम्झौता भने २०८२ साउन २२ गतेपछि गरिने जनाइएको छ । बोलपत्रको वैधता अवधि १२० दिन र बोलपत्र सुरक्षाको वैधता १५० दिन तोकिएको छ । यस खण्डको स्तरोन्नतिमा ग्राभेल, ढल निकास, पर्खाल, डिपीसी र कालोपत्रे कार्य गरिनेछ । सडक डिभिजनले यसपटक योग्य र अनुभवि निर्माण कम्पनीलाई छनोट गर्ने तयारी गरेको छ । कामको गुणस्तर र प्रगतिमा कडाईका साथ निगरानी गरिने जनाएको छ । धुलिखेल बजार हुँदै पाचाखाल नगरपालिकाअन्तर्गतको खावा क्षेत्रमा पुग्ने यो सडक खण्ड अरनिको राजमार्गभित्र पर्दछ । यो सडक खासा नाका जोड्ने महत्वपूर्ण मार्ग समेत हो, जसबाट दैनिक हजारौं यात्रु तथा सवारीसाधन ओहोर–दोहोर गर्छन् । स्थानीय कृषि उपजको ढुवानीमा समेत यो मार्ग उपयोगी मानिन्छ । तर वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रुलाई सास्ती दिँदै आएको छ ।

    स्थानीयबासीले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए । केही वर्षअघि ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम अघि नबढेपछि जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म निराश बनेका थिए । अब पुनः ठेक्का प्रक्रिया अघि बढेसँगै स्थानीयमा केही आशा पलाएको देखिन्छ । सडकको स्तरोन्नति अन्तर्गत ग्राभेल, ढल निकास, पर्खाल, डिपीसी र कालोपत्रे गरिनेछ । सडक डिभिजन कार्यालयकाअनुसार काम सम्पन्न गर्न सक्ने अनुभवी निर्माण कम्पनीलाई छनोट गरिने र यस पटक कामको गुणस्तर र प्रगतिको अनुगमन कडाइका साथ गरिनेछ । अब चुनौती भनेको समयमै, गुणस्तरीय ढंगले काम सम्पन्न गर्नु हो। पटक–पटकको अनुभवले स्थानीय जनताको विश्वास गुम्दै गएकाले यसपटकको ठेक्का कार्यान्वयन सडक डिभिजनको लागि परीक्षा जस्तै बनेको छ ।

    t(10).jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार