शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दोलखामा पहिरोमा परी सव–इन्जिनियरको मृत्यु, दुई जना गम्भीर घाइते

दोलखामा पहिरोमा परी सव–इन्जिनियरको मृत्यु, दुई जना गम्भीर घाइते

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • दोलखामा पहिरोमा परी सव–इन्जिनियरको मृत्यु, दुई जना गम्भीर घाइते

    दोलखाको विगु गाउँपालिका–१ हुरहुरेमा पहिरोमा परी एक सव–इन्जिनियरको मृत्यु भएको छ ।

    पहिरोमा परेर दुई सव–इन्जिनियर गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो सानिमा हाईड्रो जाने सडक सर्भे गर्ने क्रममा माथिबाट झरेको पहिरोमा परेर नुवाकोट विदुर नगरपालिका–४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रामेछाप लिखु तामाकोसी गाउँपालिका–४ का विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ का सन्दिप चौलागाईं गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना सानिमा हाईड्रोको कर्मचारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको हो । चीनसँग सीमा जोडिएको लप्ची नजिकै सानिमाले जलविद्युत् निर्माण गरिरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार