शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिमा पारित

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिमा पारित

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • काठमाडौँ महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसहमतिमा पारित

    काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम तथा बजेट पारित भएको छ ।

    बुधबार बसेको नगरसभा बैठकले प्रमुख बालेन शाहले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/८३ को पेस्ग गरेको बजेट सर्वसहमतिले पारित भएको हो ।

    असर २९ गते आइतबार उप प्रमुख डंगोलले २०८२/८३ का लागि बजेट तथा कार्यक्रम आर्थिक तथा विनियोजन विधेयक प्रस्ताव नगरसभामा पेश गरेकी थिइन् । उनले आगामी आर्थिक वर्षका लागि जम्मा रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटअनुसार रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र रु ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने अनुमान गरिएको छ ।

    प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् रु १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् रु ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् रु ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् रु ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् रु ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार