शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

छोरा अभिषेकको अभिनयको प्रसंशा गर्दै अमिताभ बच्चनले के भने?

छोरा अभिषेकको अभिनयको प्रसंशा गर्दै अमिताभ बच्चनले के भने?

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • छोरा अभिषेकको अभिनयको प्रसंशा गर्दै अमिताभ बच्चनले के भने?

    बलिवुडका महानायक अमिताभ बच्चनले आफ्ना छोरा तथा अभिनेता अभिषेक बच्चनको प्रशंसा गर्ने मौका कहिल्यै गुमाउँदैनन् । उनी प्रायः आफ्नो छोराप्रतिको माया देखाउँछन् र सामाजिक सञ्जालमा उनको प्रशंसा गरिरहन्छन् । अहिले एक पटक फेरि अमिताभले आफ्ना छोरा अभिषेकको खुलेर प्रसंशा गरेका छन् । यस वर्ष रिलिज भएका अभिषेकका फिल्महरूको प्रशंसा गर्दै अमिताभले यस्तो प्रसंशा गरेका हुन् ।

    अमिताभले यस वर्ष रिलिज भएका अभिषेकका फिल्महरू र त्यसमा उनको अभिनयको प्रशंसा गरेका छन् । उनले आफ्नो पोस्टमा लेखेका छन्- 'अभिषेक, तिमीले एक वर्षमा तीनवटा फिल्म बनायौ र तीनैवटा फरक भूमिका छन् । 'आई वान्ट टु टक', 'हाउसफुल ५' र 'कालिधर लापता' । तीनैवटामा यस्तो अभिनय छ की पात्रहरू अरू सबैभन्दा फरक छन् । कतै पनि यो अभिषेक बच्चन हो जस्तो लागेन । ती सबैमा, यो पात्र हो जस्तो लाग्यो । आजको युगमा यस्तो देख्नु फरक कुरा हो, यसलाई स्वीकार गर्नु र यसलाई कुशलतापूर्वक निभाउनु, अभिषेक, तिमीले संसारलाई यी गुणहरू देखाएका छौ । मेरो हार्दिक आशीर्वाद र धेरै माया ।'

    आफ्नो पोस्टमा अमिताभले अगाडी लेखेका छन्- 'तिमी मेरो छोरा हौ र तिम्रो प्रशंसा गर्न मलाई कसैले रोक्न सक्दैन । वर्ष अझै सकिएको छैन । तिमीले अझ कति फूल फुलाउनेछौ कसलाई थाहा छ ।'

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार