सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।
खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्व खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्