शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

    भारतका विदेशमन्त्री एस. जयशंकरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस भेटघाटको बारेमा जानकारी दिएका छन् ।

    जयशंकरले भनेका छन्- 'मैले सी जिनपिङलाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धको हालैको विकासको बारेमा जानकारी गराएको छु । यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं ।'

    विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनमा रहेका छन् ।

    यसअघि सोमबार एस. जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्ध सहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बताएका थिए ।

    पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा तनाव पछि यो विदेशमन्त्री एस. जयशंकरको पहिलो चीन भ्रमण हो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार