शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर

सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

    अख्तियारले कृषि प्रबर्द्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको, कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी १४ लाख ७७ हजार ५०० अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ । 

    मुद्धा दायर हुनेमा सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, सबैला नगरपालिका वडा नम्बर ८  का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद राय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजु कुमारी यादव, सबैला नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुर रहेका छन् ।

    उनीहरुलाई १४ लाख ७७ हजार ५०० नै बिगो माग गरिएको अख्तियारले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार