शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरीमा के छ ? (पूर्णपाठ)

नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरीमा के छ ? (पूर्णपाठ)

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको उजुरीमा के छ ? (पूर्णपाठ)

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

    यही असार २५ गते अध्यक्ष राजेन्द्र लिङदेनले नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई उक्त पदमा मनोनयन गरेका थिए । त्यो निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीसहित आइतबार (असार २९) उनी आयोग पुगेका हुन् । उनले आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग समेत गरेका छन् ।

    राप्रपा अध्यक्ष लिङदेनले सुबेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थियो । यो कार्य विधान विपरीत रहेको भन्दै सुवेदी पार्टीको संस्थापन इतर खेमाको साथमा आयोगमा उजुरी लिएर गएका हुन् । सात बुँदे उजुरीमा अनुशासन समितिको अध्यक्ष फेरबदल गर्ने एकल अधिकार अध्यक्षलाई नरहेको जिकिर गरिएको छ ।


    निवेदनमा भनिएको छ, ‘म निवेदक पार्टीको केन्द्रीय सदस्य भएकोले मलाई पार्टीको संशोधित विधान, २०७८ अनुसार मिति २०७८-११-०९ मा अनुशासन समितिको अध्यक्षको जिम्मेवारी प्राप्त भई पार्टीले दिएको पदीय जिम्मेवारी प्रचलित कानून र पार्टीको विधान अनुरूप गरी आएको र उक्त नियुक्त पत्र अनुसार मेरो कार्यकाल आगामी २०८२ साल फाल्गुण ८ गतेसम्म रहेको छ । यसरी पदावधि किटान गरिएको पदमा नियुक्त भएको व्यक्तिको हकमा प्रचलित कानून र पार्टीको विधान विपरीत कार्य गरी पार्टी सदस्यबाट निष्कासन गरिएको वा हटाएको अवस्थामा बाहेक पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छैन ।’

    पार्टीको विधान विपरीतका काम–कारबाही उपरको उजुरी लिने, जाँचबुझ गर्ने र विधान विपरीत भए गरेका काम–कारबाही उपर निर्णय गरी पार्टीलाई निर्देशन दिने समेतका क्षेत्राधिकार निर्वाचन आयोग ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले निर्वाचन आयोगलाई प्रदान गरेको निवेदनमा उल्लेख छ । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाइएको बताए । सोही कारण उजुरी दिन आएको उनले प्रतिक्रिया दिए । ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो’, उनले भने, ‘केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन ।’

    अध्यक्ष लिङदेनले प्राकृतिक न्यायविरुद्ध निर्णय गरेको उनले आरोप लगाए । ‘यो प्राकृतिक न्यायको खिलापमा उहाँहरूले निर्णय गर्नुभयो । निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नु पनि पथ्र्यो,” उनले भने, “मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ । त्यसकारण म निर्वाचन (उजुरी) गर्न आएको हो ।’ उनले अगाडि भने, ‘पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निष्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’ उनले राजसंस्था पुनस्र्थापनको आफूहरूको आन्दोलन जारी रहेको पनि बताए । पार्टीभित्र कुनै गुट नहून् भन्ने पक्षमा आफू रहेको उनको भनाइ थियो ।

    हेर्नुस् पूर्णपाठ

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार