शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो बरियता

एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो बरियता

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • एकीकृत समाजवादीमा वामदेवलाई तेस्रो बरियता

    नेकपा (एकीकृत समाजवादी) मा वामदेव गौतमले तेस्रो वरियता पाउने भएका छन् । आज (‍शुक्रबार) आलोकनगरमा नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि गौतमको वरीयतामा पनि सहमति भएको उपाध्यक्ष गंगालाल तुलाधरले जानकारी दिए । हाल गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ । एकीकृत समाजवादीमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल वरिष्ठ नेता छन् ।

    ‘पहिलो वरियतामा अध्यक्ष माधवकुमार नेपाल, दोस्रोमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्छ । त्यसपछि वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने कुरामा सहमति भएको हो,’ उपाध्यक्ष तुलाधरले भने । उनका अनुसार वामदेव गौतमपछिको वरियताअनुसार बेदुराम भूसाल त्यसपछि प्रमेश हमाल, घनेन्द्र बस्नेत र त्यसपछि राजेन्द्र पाण्डे रहने छन् । पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् ।

    उनले बाँकी नेताहरूको जिम्मेवारी पार्टी एकता घोषणा कार्यक्रममै सार्वजनिक गरिने बताए । साउन २ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय भएको छ ।  एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले पनि गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको बताए । ‘अध्यक्ष र सम्मानीत नेतापछि उहाँको वरियता तोकिएको छ,’ उनले भने ।

    उपाध्यक्ष तुलाधरले गौतम एकीकृत समाजवादी पार्टीमा एकीकृत भएका कारण एकीकरणपछि बन्ने पार्टीको नाम परिवर्तन नहुने पनि बताए । ‘एकीकृत समाजवादीको विचार, एजेन्डा र नीतिमा सहमत भएर आउनुभएको हो । त्यसकारण पार्टीको नाम, एजेन्डा फेर्नुपर्ने भन्ने कुरा छैन,’ उपाध्यक्ष तुलाधरले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार