शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लामो समयपछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

लामो समयपछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • लामो समयपछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

    काठमाडौँ महानगरले लामो समयपछि कार्यपालिका बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ ।

    महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्। मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको उपस्थिति नहुने गरी मात्रै बैठक बोलाउने अडान लिएका थिए । तर, बजेट नै नआएपछि विवादमा उत्रिएका मेयर शाह र अन्य दुवै पक्ष दवावमा थिए ।

    काठमाडौँ भ्युटावर निर्माणसम्बन्धी विवादमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई त्यहाँबाट हटाएका थिए । तर, संघीय सरकारलाई पुनः उनैलाई पठाएपछि उनले अस्वीकार गरेका थिए ।

    मेयर शाहको असहमतिका बाबजुद पनि उपमेयर सुनिता डंगोलको नेतृत्वमा वडाध्यक्षहरुले गुरागाईलाई कार्यालयमा भित्र्याएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार