शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिकाबाट थप दुई नेपालीलाई निष्काशित

अमेरिकाबाट थप दुई नेपालीलाई निष्काशित

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • अमेरिकाबाट थप दुई नेपालीलाई निष्काशित

    अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो ।

    निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् ।

    अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार