शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • आलिया भट्टकी पूर्व निजी सहायक ठगीको आरोपमा पक्राउ

    बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टी पक्राउ परेकी छन् । उनलाई आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट ७७ लाख ठगी गरेको आरोप लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    वेदिका शेट्टीलाई आलिया भट्टको प्रोडक्सन हाउस 'इटरनल सनशाइन प्रोडक्सन प्राइभेट लिमिटेड' र आलियाको व्यक्तिगत खाताबाट पैसा निकालेको आरोपमा पक्राउ गरिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार शेट्टीले यी दुवै खाताबाट अवैध रूपमा ७७ लाख रुपैयाँभन्दा बढी रकम निकालेको बताइएको छ । यद्यपि, यस मुद्दामा अनुसन्धान भइरहेको छ र अधिकारीहरूले थप खुलासा हुन सक्ने बताएका छन् ।

    प्रहरीले केही महिना अघि आलियाकी आमा सोनी राजदानको उजुरीमा यो मुद्दा दर्ता गरेको र लगभग ५ महिनापछि, आरोपीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा पेश गरिएको थियो । वेदिकामाथि आलियाको हस्ताक्षर नक्कली गरेर दुई वर्षमा ७७ लाख ठगी गरेको आरोप छ ।

    'इटरनल सनशाइन प्रोडक्सन' २०२१ मा आलिया भट्टले स्थापना गरेकी थिइन्। आलियाको यस प्रोडक्सन हाउसको पहिलो फिल्म 'डार्लिङ्स' थियो, जुन शाहरुख खानको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टसँग मिलेर निर्माण गरिएको थियो । यस फिल्ममा आलिया भट्ट, विजय वर्मा र शेफाली शाहले महत्त्वपूर्ण भूमिका खेलेका छन् । फिल्म नेटफ्लिक्समा स्ट्रिम गरिएको थियो र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

    वेदिका शेट्टीले एक पटक आलिया भट्टसँग काम गरेकी थिइन् र उनलाई अभिनेत्रीको व्यक्तिगत जीवन र प्रोडक्सन हाउसको जिम्मेवारी सुम्पिएको थियो । अब यो कुरा बाहिर आएको छ कि उनले आफ्नो पदको दुरुपयोग गरी आलियाको प्रोडक्सन हाउस र व्यक्तिगत खाताबाट पैसा निकालेकी थिइन् । हाल यस विषयमा आलिया र उनको टोलीबाट कुनै बयान आएको छैन र अब प्रहरीले यस विषयमा थप कारबाही गरिरहेको छ।

    यसैबीच, आलिया भट्ट हाल आफ्नो स्पाइ युनिभर्स फिल्म 'अल्फा' को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा शर्वरी वाघ पनि मुख्य भूमिकामा देखिनेछिन् र यो फिल्म २५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ । यसबाहेक, आलिया चाँडै नै आफ्ना अभिनेता-पति रणबीर कपूरसँग संजय लीला भन्सालीको फिल्म 'लभ एण्ड वार' मा फेरि देखिनेछिन् । यस फिल्ममा विक्की कौशल पनि मुख्य भूमिकामा छन् । आलियासँग फरहान अख्तरको फिल्म 'जी ले जरा' पनि पाइपलाइनमा छ । फिल्ममा कट्रिना कैफ र प्रियंका चोपडा पनि मुख्य भूमिकामा रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार