शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पोखरीमा डुबेर दिदी–बहिनीको  मृत्यु

पोखरीमा डुबेर दिदी–बहिनीको  मृत्यु

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • पोखरीमा डुबेर दिदी–बहिनीको  मृत्यु

    जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदी–बहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

    दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए ।

    दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार