शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मर्चवारी गाउँपालिकाका वडाअध्यक्ष यादव घुससहित पक्राउ

मर्चवारी गाउँपालिकाका वडाअध्यक्ष यादव घुससहित पक्राउ

आषाढ २४, २०८२ मंगलवार
आषाढ २४, २०८२ मंगलवार
  • मर्चवारी गाउँपालिकाका वडाअध्यक्ष यादव घुससहित पक्राउ

    रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जनार्दन यादवले घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष यादवले तीन लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । वडामा विभिन्न योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी सो रकम माग गरेको अख्तियारले जनाएको छ ।

    अख्तियारका अनुसार यादवले उक्त घुस रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङ्गका सञ्चालक विपिनकुमार पाण्डेयलाई लिन लगाएका थिए ।

     पाण्डेयले रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडाअध्यक्ष यादव र पाण्डेयलाई तीन लाख रुपैयाँ घुस रकमसहित आज (असार २३ गते) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार