शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मौसम खराब भएपछि प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए

मौसम खराब भएपछि प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • मौसम खराब भएपछि प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए

    प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमा रोकिएका छन् । 

    कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवाखोलाको बेलीब्रिज पुल उद्घाटन गर्न जान लागेका प्रधानमन्त्री ओली मौसम खराब भएपछि सुर्खेतमै रोकिएका हुन् । ‎प्रधानमन्त्री ओली आज बिहान सुर्खेत आइपुगेका थिए ।

    मौसम खराब भएपछि प्रधानमन्त्रीसहितको टिम वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा बसेको मुख्यमन्त्री कँडेलको सचिवालयले जानकारी दिएको छ । मौसममा सुधार आउनासाथ प्रधानमन्त्रीको टोली हुम्लातर्फ जाने बताइएको छ ।

    खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिज पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर-दक्षिण यातायातको ढोका खोलेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार