शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, के-के भयो कुराकानी?

पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, के-के भयो कुराकानी?

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • पूर्व राष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, के-के भयो कुराकानी?

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनको निवास भंगालमा पुगेका थिए ।

    पूर्व राष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो । मेयर शाहको सचिवालय स्रोतले पूर्व राष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता भएको पुष्टि गरेको छ । ‘बिहीबार पूर्व राष्ट्रपतिको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो,’ सचिवालय स्रोतले सुनायो । उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि थिए ।

    भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे–तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अण्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ । 

    ‘उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो’ स्रोतले भन्यो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार