शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा

काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • काठमाडौं भ्यूटावरका ठेकेदार भेटवाल थुनामै नबसी रिहा

    काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् । चेक बाउन्सको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले म्याद थप नगरेपछि उनी गत १९ गते नै रिहा भएका हुन् ।

    उनी गत असार १३ गते पक्राउ परेका थिए । पक्राउ परे लगत्तै सुटुुक्क अस्पताल भर्ना भएका उनी थुनामा बस्दै नबसी रिहा भएका हुन् ।

    अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन । त्यसपछि हामीले केही गर्ने कुरा भएन,’ एसपी बोहराले भने ।

    करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार