शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्री लेखकले गरे नेपाली सेनाको इञ्जिनियर टोलीद्वारा निर्माण भइरहेको महाकाली गाइडबण्डको स्थलगत अनुगमन

गृहमन्त्री लेखकले गरे नेपाली सेनाको इञ्जिनियर टोलीद्वारा निर्माण भइरहेको महाकाली गाइडबण्डको स्थलगत अनुगमन

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • गृहमन्त्री लेखकले गरे नेपाली सेनाको इञ्जिनियर टोलीद्वारा निर्माण भइरहेको महाकाली गाइडबण्डको स्थलगत अनुगमन

    गृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन गाइडबण्डको आइतबार स्थलगत अनुगमन गरेका छन् ।

    नेपाली सेनाको इञ्जिनियर टोलीद्वारा तीव्रगतिमा निर्माण भइरहेको गाइडबण्ड क्षेत्रको निरीक्षण गर्दै मन्त्री लेखकले निर्माणको गुणस्तर र प्रगतिप्रति चासो व्यक्त गरे ।

    सरकारले यस क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । त्यसैले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर गाइडबण्ड निर्माण कार्य अघि बढाएको हो । मन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

    स्थलगत अनुगमनका क्रममा मन्त्री लेखकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि उपस्थिति रह्यो । महाकाली नदीमा वर्षेनि आउने बाढीको जोखिम न्यूनीकरणका लागि गाइडबण्ड निर्माणलाई स्थानीयवासीहरूले अत्यन्तै स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार