शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हुम्लादेखि विरामी बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा किन गरियो आकस्मिक अवतरण?

हुम्लादेखि विरामी बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा किन गरियो आकस्मिक अवतरण?

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • हुम्लादेखि विरामी बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा  किन गरियो आकस्मिक अवतरण?

    हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर  दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।

    एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

    हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर  बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए  ।

    दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौषम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार