शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौं: प्रचण्ड

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौं: प्रचण्ड

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौं: प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ढ’ ले ०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन् ।

    आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ०८४ सालबाट देशलाई क्रान्तिको नयाँ चरणतर्फ प्रवेश गराउने दाबी गरेका छन् ।

    महिला, उत्पीडित, आदिवासी, जनजाति सबैका निम्ति क्रान्तिको झन्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनले बताए । जनयुद्धका बेला भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा गीत, संगीत र नृत्यले बढी भूमिका खेलेको बताउँदै उनले आगामी निर्वाचनको लडाइँमा पनि संगीतमार्फत निर्णायक भूमिका खेल्ने बताए ।

    अध्यक्ष प्रचण्डले भने, ‘आउँदो ०८४ साललाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ भन्ने विश्वास लिएको छु । मलाई विश्वास छ, कमरेडको रूपमा तपाईहरू सबैले पनि आफ्नो भूमिका पूरा गर्नु हुनेछ ।’ उनले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी समेत गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार