शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पार्टीले निर्देशन दिए समिति सभापतिबाट राजीनामा दिन तयार छु: रामहरि खतिवडा

पार्टीले निर्देशन दिए समिति सभापतिबाट राजीनामा दिन तयार छु: रामहरि खतिवडा

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • पार्टीले निर्देशन दिए समिति सभापतिबाट राजीनामा दिन तयार छु: रामहरि खतिवडा

    सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पार्टीले फिर्ता बोलाए सभापति छोड्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार उनले संसदीय समितिको सभापतिबाट पार्टीले राजीनामा दिन भनेमा आफू तयार रहेको बताए ।

    ‘निजामती कर्मचारीसम्बन्धी विधेयकको कुलिङ अफ पिरियडको विषयमा मेरो गल्ती र कमजोरी छैन । पार्टीले पनि गल्ती र कमजोरी छ भने म सभापति पद छोड्न तयार छु,’ खतिवडाले भने, ‘पार्टी सबैको हो । सभापतिलाई दोष दिने, कसैले महामन्त्रीलाई खुइल्याउने, अरु नेतालाई तथानाम भन्ने प्रवृत्ति भइरहे पार्टी कसरी बलियो हुन्छ ?’ पार्टीमा पद्धति बसाल्ने हो भने केन्द्रीय समितिमा सभापति, महामन्त्री र अन्य नेतालाई आरोपित गर्ने काम बन्द गर्न उनले आग्रह गरे । सभापति, महामन्त्री र कोही पनि केन्द्रीय सदस्य कमजोर भए पार्टी नै कमजोर हुने उनको भनाइ छ ।

    खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे । ‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे । पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे ।

    ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार