शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकीकृत समाजवादीले सोध्यो झाँक्रीलाई तीन दिने स्पष्टीकरण

एकीकृत समाजवादीले सोध्यो झाँक्रीलाई तीन दिने स्पष्टीकरण

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • एकीकृत समाजवादीले सोध्यो झाँक्रीलाई तीन दिने स्पष्टीकरण

    नेकपा एकीकृत समाजवादीले पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

    पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधव नेपालविरुद्ध दिएको विष्फोटक अभिव्यक्तिका विषयमा नेतृ झाँक्रीलाई स्पष्टीकरण सोधिएको हो ।

    उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । यस अभिव्यक्तिपछि नेकपा एकीकृत समाजवादीभित्र झाँक्रीप्रति चर्को आक्रोश छ । पार्टी अध्यक्षविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

    उनले भने, ‘अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको छ । अब उहाँको जवाफ आउँला, जवाफ हेरेर पार्टीले आवश्यक निर्णय लिन्छ ।’ यसअघि पार्टीले पार्टीको आधिकारिक धारणा बाहिर गएर पार्टीका विषयमा सार्वजनिक अभिव्यक्ति नदिन आग्रह गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार