शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौँ महानगरमा पानी बोक्ने २८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

काठमाडौँ महानगरमा पानी बोक्ने २८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • काठमाडौँ महानगरमा पानी बोक्ने २८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

    सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् ।

    काठमाडौँ महानगरको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरियो । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । 

    पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो ।  अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ ।

    यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरिएको छ । 

    बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको महानगरपालिकाले आजदेखि अनुगमन सुरु गरेको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार