शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौंमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

काठमाडौंमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • काठमाडौंमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु

    दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

    सोमबार अपराह्न ५ बजेतिर दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेको एसपी बोहराले बताए । लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुँईमा खसेका थिए । 

    गम्भीर घाइते भएका उनीहरूलाई वीर अस्पताल लगिएकोमा अपराह्न सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार