शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • नेविसंघको अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

    सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आज (सोमबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि नेविसंघ नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गेका हुन् ।

    प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

    उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।

    सभापति र पार्टीका पदाधिकारीहरुलाई नर्सरी माँसेर बगैँचा बनाउँछौँ भन्ने खोक्रो भाषण नदिन आग्रह गर्दै र अधिवेशन हुने कुनै आधार बिना म्यादथप किन गर्ने भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार