शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नौं महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, के–के छन् एजेण्डा ?

नौं महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, के–के छन् एजेण्डा ?

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • नौं महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, के–के छन् एजेण्डा ?

    सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नौं महिनापछि आज (सोमबार) देखि सुरु हुँदैछ । अघिल्लो साउन २३ देखि भदौ १६ गतेसम्म कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । पार्टी विधानमा प्रत्येक दुुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ । भदौ १६ पछि नेताहरूको निधनमा शोक प्रस्तावका लागि आकस्मिक बाहेक केन्द्रीय समितिको औपचारिक बैठक बसेको छैन ।

    नौं महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकका एजेण्डा भने प्रायः नयाँ छैनन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्ने एजेण्डा छ ।

    यस्तै १०० दिने अभियानमा खटिएका प्रतिनिधिको रिपोर्ट पेस हुने छ । पार्टीबाट प्रदेशमा सरकारमा गएका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयले गरेका कामको जानकारी पनि दिने छन् । केन्द्रीय समितिको सोमबार सुरु हुने बैठकले पनि क्रियाशील सदस्यता बाहेक महाधिवेशन मिति र कार्यतालिकाबारे निर्णय गर्नेमा शंकै छ ।

    महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमै २०८२ मा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । पछिल्लो केन्द्रीय समितिले १५औं महाधिवेशन समयमै गर्ने मात्र निर्णय गरेको थियो । समयमै भनेको के हो प्रस्ट पारिएको थिएन।विधानको व्यवस्थाअनुसार चार वर्ष, विधानकै व्यवस्थाअनुसार एक वर्ष थप गरेर पाँच वर्ष वा संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्दा पनि समयमै हुन्छ । यसमा प्रस्ट हुनु जरुरी छ ।

    विधान संशोधनका लागि समिति गठन गरेर काम अघि बढाउने बताइए पनि अहिलेसम्म कांग्रेसले ठोस तयारी गरेको छैन । २०८० फागुनमा भएको महासमितिको बैठकले संशोधनसहित पारित गरेका प्रतिवेदनलाई २०८१ साउन/भदौको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । संशोधनसहित पारित भएका प्रतिवेदनहरू कांग्रेसले कार्यान्वयन होइन, सार्वजनिक समेत गरेको छैन ।

    महामन्त्री थापाले पार्टी संगठनलाई थप ऊर्जाशील बनाउँदै कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए । सोहीअनुसार केन्द्रीय समितिले पार्टीका नेताहरूलाई जिल्लामा खटाउने र संगठन चलायमान बनाउने निर्णय गरेको थियो । त्यसअनुसार नेताहरू जिल्ला पुगे । तर कार्यक्रम प्रभावकारी हुन सकेन । विगतमा जस्तै औपचारिकतामा अभियान सीमित हुँदा जिल्ला तहका विवाद पछिल्लो नौं महिनामा थप पेचिलो बनेका छन् । कतिपय जिल्लामा गुट विवादले कार्यक्रम होइन, बैठक समेत बस्ने अवस्था छैन ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार