शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको अनुरोध

संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको अनुरोध

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई सभामुखको अनुरोध

    सभामुख देवराज घिमिरेले निजामती, शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई अनुरोध गरेका छन् ।

    आजको प्रतिनिधि सभाको बैठकअघि प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख घिमिरेले सहमति र सहकार्यको माध्यमबाट निजामती, शिक्षा जस्ता संघीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सहभागी हुन रास्वपा र राप्रपालाई आग्रह गरेका हुन् ।

    सभामुखले महत्त्वपूर्ण विधेयकमा संसदका प्रमुख दलहरू छुट्नु राम्रो नभएको बताएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।आजको प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

    सरकारले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेपनि त्यस समितिलाई रास्वपा र राप्रपाले अस्वीकार गर्दै संसदमा विरोध गर्दै आएका छन् । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार