शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

झाँक्रीको अभिव्यक्तिले एकीकृत समाजवादीमा तरंग !

झाँक्रीको अभिव्यक्तिले एकीकृत समाजवादीमा तरंग !

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • झाँक्रीको अभिव्यक्तिले एकीकृत समाजवादीमा तरंग !

    नेकपा एकीकृत समाजवादीमा नेतृ राम कुमारी झाँक्रीको अभिव्यक्तिले तरंग ल्याएको छ । शनिबार रुपन्देहीको मणिग्राममा आयोजित पार्टीको युवा संघ नेपाल रूपन्देहीको जिल्ला भेलामा झाँक्रीले अध्यक्ष माधवकुमार नेपालको बारेमा गरेको टिप्पणीले तरंग ल्याएको हो ।

    झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । उनले भनेकी थिइन्- 'कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ । हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउनसक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न ।’

    झाँक्रीको यो अभिव्यक्तिपछि नेपाल पक्षधर नेताहरुले असहमति जनाउदै प्रतिक्रिया दिन शुरु गरेका छन् ।  यसैक्रममा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष, युवा नेता सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई विक्षिप्त मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

    पराजुलीले सामाजिक सञ्जालमा लेखेका छन्- लुम्बिनी तिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजो देखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होईन की जस्त्तो गरेर , कहिले कुनै नेतालाई भ्रममा परेर , कहिले सामाजिक दुनियालाई प्रयोग गरेर , कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो । कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी,  यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकताको विश्वास गरेर हामी मुर्ख नबनौ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार