शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सुटुक्क अस्पताल भर्ना

पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सुटुक्क अस्पताल भर्ना

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सुटुक्क अस्पताल भर्ना

    काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएको पाइएको छ ।

    शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो । त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

    ‘उहाँलाई दमको बिरामी छ भनिएको थियो । सुरूमा वीर लगेको थियौं । त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने । अस्पतालले पनि भेटुवाल शुक्रबार भर्ना भएको पुष्टि गरेको छ । क्याबिन नम्बर ८१२ मा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए । तर उनी पक्राउ परेकोबारे एसपी बोहरा लगायतका अधिकृतहरूले गोप्य राखेका थिए ।

    अबेर राति मात्रै एसपी बोहराले उनी पक्राउ परेको प्रेस विज्ञप्ति जारी गरेका थिए । भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार