शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय महिला फुटबल टिम सयौं खेल खेल्दै

राष्ट्रिय महिला फुटबल टिम सयौं खेल खेल्दै

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • राष्ट्रिय महिला फुटबल टिम सयौं खेल खेल्दै

    नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ । 

    फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ ।

    नेपाली महिला फुटबल टिमका लागि यो खेल विशेष रहेको छ । यो नेपाली महिला राष्ट्रिय फुटबल टिमको सयौं अन्तर्राष्ट्रिय खेल हो । 

    औपचारिक रुपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले १९८६ मा हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेल नेपालले हङकङसँग १-० अन्तरले हार बेहोरेको थियो ।

    नेपालले अहिलेसम्म २६ देशसँग अन्तर्राष्ट्रिय खेल खेलेको छ । नेपालले अहिलेसम्म भारतसँग सबैभन्दा धेरै भारतसँग १८ र बंगलादेशसँग १३ खेल खेलेको छ । नेपालले अहिलेसम्म खेलेका ९९ खेलमा ४६ जित हासिल गरेको भने १६ खेल बराबरी र ३७ खेलमा हार बेहोरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार