शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मोटरसाइकल दुर्घटनामा बाबु–छोरासहित तीन जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबु–छोरासहित तीन जनाको मृत्यु

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • मोटरसाइकल दुर्घटनामा बाबु–छोरासहित तीन जनाको मृत्यु

    सुनसरीको रामधुनी नगरपालिका चतरा–कान्छी चौक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी अरू दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गए राति कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा–६ का ५१ वर्षीय बिन्दु यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    दुर्घटनामा मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार