शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • कांग्रेसले केन्द्रीय कार्यालय विस्तार गर्दै, १३ करोडमा किन्यो १९ आना जग्गा

    नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसरसँगै जोडिएको १९ आना ९एक रोपनी तीन आना० जग्गा किन्ने सम्झौता गरेको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा परिसरसँगै जोडिएको घरसहितको जग्गा कांग्रेसले १३ करोड रुपैयाँमा किन्ने गरी सम्झौता गरेको हो । 

    कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ- ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ । ललितपुर निवासी श्री अमिरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको छ । निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिनेछ ।’

    कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार