शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा उनले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका हुन् ।

    प्रधानन्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणका क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीलाई विशेष निर्देशन समेत दिए । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलले स्वागत गरेका छन् ।

    भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल लगायतका पदाधिकारी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार