नेकपा एमालेले निलम्बन फुकुवा गरेपछि प्रतिक्रिया दिदै केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग स्पष्टीकरण खादा मज्जा आएको टिप्पणी गरेकी छन् ।
तिम्सिनाले सामाजिक सञ्जालमा लेख्दै बिन्दा पाण्डे जस्तै मानिसहरुका बिच उभिएर भाषण गर्न सक्ने हुन राजनीतिमा लागेको उल्लेख गर्दै एजेन्डा मिलेर सँगै स्पष्टीकरण खान पाएकोमा मज्जा आएको बताएकी हुन् ।
उनले भनेकी छन्- राजनीतिले सिंगो मुलुको ब्यवस्था सम्पुर्ण रुपमा रुपान्तरण गर्छ र गर्नुपर्छ । हाम्रो पार्टी नेकपा एमाले , अग्रज र सहकर्मी कमरेडहरु । नेपाली कांग्रेस , माओवादी केन्द्र , रास्वपा लगायतका सम्पु्र्ण जनहरु र अनेरास्वबियु, क्रान्तिकारी र नेबिसंघ , नागरिक समाज लगायतका आदरणिय साथीहरु तपाँईहरु सबैले दिनुभएको चासो , भरोसा र हिम्मतलाई स- सम्मान आत्मसाथ गरेको छु । बाध्यता बस रोजगारीमा देश बाहिर रहनु भएका श्रमजिबी सम्पूर्ण महानुभावहरु , क्षमतानुसार अनेकौँ अवसरको खोजीमा रहर र बाध्यताले देश बाहिर छरिएर रहनु भएका आदरणिय ब्यक्तित्वहरु यहाँहरुले ब्यक्त गर्नु भएको बिस्वास कायम गरीरहन सकौँ ।
बिन्दा दिदी जस्तै मानिसहरुका बिच उभिएर कुरा गर्न सक्ने (भाषण गर्न) हुन म राजनीतिमा लागेको थिएँ , आदरणिय बिन्दा दिदी मेरो ईच्छा भरमार पुरा गरेको छु , तपाँईनै एजेण्डा मिलेर संगै स्पष्टिकरण खाने मेरो नेता हुन भएकोमा मज्जा लागेको छ ।
बुधबार एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको गरेको थियो । दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।