शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जानकारी गराएका हुन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने छन् । समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए ।

    उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रुपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ । यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए ।

    समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार