शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबीच सम्झौता

    नेपाल बैंक लिमिटेड र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता भएको छ ।

    बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता उल्लेख छ ।

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै Gynecology consultation / Consultation with IVF specialist सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार