शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मध्यम वर्षाले नै देशभरका २२ स्थानमा सडक अवरूद्ध

मध्यम वर्षाले नै देशभरका २२ स्थानमा सडक अवरूद्ध

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • मध्यम वर्षाले नै देशभरका २२ स्थानमा सडक अवरूद्ध

    देशभर मनसुन सक्रिया हुुन थालेसँगै बाढी–पहिरोका समस्या समेत बढ्न थालेका छन् । वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६२ सडक तथा राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। २२ स्थानमा सडक अवरूद्ध भएका छन् भने ४० स्थानमा सडक एकतर्फी रूपमा सञ्चालनमा छन्।

    पूर्व–पश्चिम राजमार्गको दुम्किबास दाउन्ने सडक रातिबाट फेरि अवरूद्ध भएको छ। यता, बाग्लुङको दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरूद्ध भएको छ । त्यसैगरी बेनी–जोमसोम सडकको रूप्से खण्डमा पहिरो खस्दा अवरूद्ध भएको सडक दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द सुवेदीले जानकारी दिए । यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुलेको छ।

    भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी–१, कान्छीबजार नजिकको छलगाड खोलाको बहावका कारण सवारी आवागमन पूर्णतः अवरूद्ध भएको छ । बाढीको चपेटामा परेपछि सदरमुकाम दुनैबाट नेपालगन्ज र अन्य गन्तव्यतर्फ छुटेका गाडीहरू तथा नेपालगन्ज हुँदै दुनैतर्फ आइरहेका गाडीहरू दुवै छेउमा थन्किएर रोकिएका छन्। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

    यता, काभ्रेको धुलिखेल नगरपालिका– ११ पात्लेखेतमा आएको लेदोसहितको पहिरोले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालन भएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले बताए । अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित कोदारी खण्डमा पहिरो खसेपछि चीन जोड्ने कोदारी राजमार्ग तीनदिनदेखि अवरूद्ध रहेको छ।

    सोमबार रातिदेखि वर्षाका कारण भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ को कोदारी कोप्लाङमा पहिरो र वडा नम्बर ३ को लार्चामा ह्युमपाइप बगाएपछि राजमार्ग बन्द रहेको प्रहरीले बताएको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार