शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओभरपास उदघाटन गर्दै प्रधानमन्त्रीले भने–केहि मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ

ओभरपास उदघाटन गर्दै प्रधानमन्त्रीले भने–केहि मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ

‘ग्वार्कोको जस्ता फ्लाइओभर र ओभरपास अरू ठाउँमा पनि बन्छन्’

आषाढ ६, २०८२ शुक्रवार
आषाढ ६, २०८२ शुक्रवार
  • ओभरपास उदघाटन गर्दै प्रधानमन्त्रीले भने–केहि मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ

    प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुशी साटेका छन्।

    उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ। फ्लाइओभर जस्तै त्यसको पनि सुरुआत मैले नै गरेको हुँ। धौवादी फलाम कारखाना अगाडि बढाउँदैछौं। त्यो सम्पन्न हुने बित्तिकै नेपाललाई सयौँ वर्षलाई पुग्ने आइरन, स्टिल कारखाना स्थापना गर्नेछौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउँछ।’

    उनले अरू खनिज कारखाना स्थापना, कृषिको आधुनिकीकरण भइरहेको भन्दै देश नयाँ चरणमा प्रवेश गरेको बताए । पहिलेको भन्दा धेरै उद्योग अहिले सञ्चालनमा रहेको बताए। ओलीले हुलाकी राजमार्गले तराईको मुहार फेरेको भन्दै त्यसले ठूलो परिवर्तन ल्याउने बताए । उनले अरू राजमार्गको पनि काम भइसकेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा काम गरिरहेको बताए। प्रधानमन्त्री ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरिए जस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने घोषणा गरेका छन् । ‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं । यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ।’

    उनले सरकारले ट्राफिक जाम अन्त्य गर्ने कोशिस गरिरहेको पनि सम्बोधनको क्रममा भने। ‘देश विकासको बाटोमा कसरी अघि बढ्दैछ भन्ने जनताले देखिरहनु भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एशियाली स्टान्डर्डमा पूर्व पश्चिम राजमार्ग अघि बढाउने कुरा भएको छ। बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौं।’

    उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे। ‘केही केही मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास हुँदैछ। हुन्छ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार