शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्: चन्द्र भण्डारी

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्: चन्द्र भण्डारी

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्: चन्द्र भण्डारी

    नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले बजेटमाथिको छलफलमा भाग लिदै बजेटले युवाविहिन बनाउने भए यसको औचित्य नहुने टिप्पणी गरेका हुन् ।

    उनले भने- 'युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन् । बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दु:ख पाएको छ । युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ? हामी युवाविहीन हुँदैछौँ । सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ । मृत्यु भयो भने लास लैजान मान्छे छैन।'

    सांसद भण्डारीले नेताहरूले भाषण मात्रै गरेको आरोप लगाउदै भाषण गरेर मात्रै देश नबन्ने बताए। उनले भने- 'भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ? मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।'

    उनले देश बनाउन सकिने भए पनि देशमा बेथिति बढेको र राजनीतिक नेतृत्व सहि नभएको बताए । उनले बजेटमा विनियोजन गरिएको रकम सहि ठाउमा नरहेको बताउदै काम गर्न नसके राजीनामा दिन आग्रह गरे ।

    सांसद भण्डारीले विश्वमा विकासको प्रतिष्पर्धा भएपनि हाम्रो देशमा भने गरिवी बढाउने प्रतिष्पर्धा बढेको टिप्पणी गरे ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार