केही महिना अघिसम्म बलिवुडको सांगेतिक मलिक परिवारमा मतभेदको खबरले सबैलाई स्तब्ध पारेको थियो ।
संगीत निर्देशक अमाल मलिकले सामाजिक सञ्जालमा आफ्ना आमाबाबु र भाइ अरमान मलिकबाट टाढा भएको बताएका थिए । धेरैले सोच्न थालेका थिए, अब सायद उनीहरू सँगै देखिने छैनन् । तर अब दुवै दाजुभाइ फेरी एक साथ आएका छन् ।
हालै, अरमान मलिकले आफ्नो भाइ अमालसँग मिलेर 'बारी बारी' गीत सार्वजनिक गरेका छन् । यो गीत अरमानले गाएका छन् र अमालले संगीत दिएका छन् ।
अरमानले आफ्नो दाजुसँग सुधार भएको बारे बोल्दै दुवै पहिलेभन्दा नजिक भएको बताए । उनले धेरै चरणमा छलफलपछि एकअर्कालाई हृदयबाट बुझेको र आफुहरुबीच रहेका असमझदारी हटाएको बताएका छन् । साथै उनले अमल मेरो लागि केवल भाइ होइन, उ एक मार्गदर्शक, साथी पनि भएको बताए ।