शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

    नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ ।

    जारी त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३ र रुपेश सिंहले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित ३ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए । 

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २-२ तथा ललित राजबंशीले एक विकेट लिए । 

    योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको स्कटल्याण्डले दोस्रो खेलमा हार बेहोरेको छ ।अब सिरिज अन्तर्गत बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दैछन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार