शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धरौटीमा छुटेपछि रवीन्द्रले भने–राज्यले फसाउन खोज्दै थियो, अदालतले न्याय दियो

धरौटीमा छुटेपछि रवीन्द्रले भने–राज्यले फसाउन खोज्दै थियो, अदालतले न्याय दियो

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • धरौटीमा छुटेपछि रवीन्द्रले भने–राज्यले फसाउन खोज्दै थियो, अदालतले न्याय दियो

    तीन लाख धरौटीमा रिहा भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको अदालत न्याय दिन सक्षम रहेछ भन्ने टिप्पणी गरेका छन्।

    आज (मंगलबार) बयानपछि काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई ३ लाख रुपैयाँ धरौटी माग गरेको हो । गत चैत १५ गते राजावादी गरेको प्रदर्शनका क्रममा भएको तीनकुने घटनाको आरोप लगाउँदै पक्राउ परेका मिश्र यस धरौटीसँगै रिहा भएका छन्।

    रिहा भएपछि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अहिलेको परिस्थितिमा न्याय दिन अदालत सक्षम रहेको रहेछ । न्यायलयप्रति विश्वास जागेको छ ।’ उनले राज्यले फसाउन खोजेको भए पनि अदालतले न्याय दिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

    ‘अदालतले न्याय दिएकोमा, राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन एकदम सक्षम रहेछ।अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दोरहेछ भन्ने नेपालको न्याय प्रणालीमाथि यसले एकदम दृढ विश्वास जगाइदिएको छ’, मिश्रले भने । ‘जसरी राज्यले दोषी करार गर्न जसरी विभिन्न किमिसको आरोपहरु लगाइयो त्यो दुःखदायी थियो । तर अदालतले न्याय दिएकोमा हामी एकदम खुशी छौं’, उनले थपे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार