शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

श्रीमती भेट्न होटल पुगेका युवकको मृत्यु

श्रीमती भेट्न होटल पुगेका युवकको मृत्यु

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • श्रीमती भेट्न होटल पुगेका युवकको मृत्यु

    हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका एक युवक मृत फेला परेका छन्। होटलको छतबाट लडी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।

    हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई हाल हेटौंडा–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा बस्दै आएका ३० वर्षीय अमित मोक्तानको मृत्यु भएको हो। प्रहरीका अनुसार उनकी श्रीमती ममता प्रजा होटलमा काम गर्थिन्।

    मकवानपुर प्रहरी प्रवक्ता डिएसपी शुआमु अर्यालका अनुसार असार २ गते करिब १०ः२० बजेको समयमा मोक्तान होटलको तेस्रो तलामा गएका बेला अचानक बाहिरी रेलिङबाट खसेर घाइते भएका थिए ।

    घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी चौकी बसपार्कबाट प्रहरी निरीक्षक विमल ढुगेलको कमाण्डमा खटिएको टोलीले घाइते अवस्थाका मोक्तानलाई उद्धार गरी तत्काल हेटौंडा अस्पताल पठाएको थियो।

    दुवै हातमा चोट देखिएको र भित्री चोट गम्भीर भएको भन्दै प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि रातिनै चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा चिकित्सक मृत घोषणा गरेका थिए ।

    प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन्। मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार