शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्वजनिक

फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्वजनिक

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • फिल्म 'सिटामोल' को ‘झुम्का कानैमा' गीत सार्वजनिक

    फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना रहेको छ । 

    कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र बेनिशा हमाल फिचर्ड रहेका छन् । 

    निर्देशक राजबहादुर साने र प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय रहेको छ ।

    सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । यसमा दिव्यराज सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्म आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार