शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओलीले ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन गर्ने

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • प्रधानमन्त्री ओलीले ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन गर्ने

    ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको असार ६ गते उद्घाटन  गरिने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले असार ६ गते सो सडकको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन हुने भएका छन् । गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसहित सडक विभागका अधिकारीहरुले फ्लाईओभरको अनुगमन गरेका थिए । 

    यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार