शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बलिवुड फिल्म हाउसफुल-५ ले कति कमायो?

बलिवुड फिल्म हाउसफुल-५ ले कति कमायो?

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • बलिवुड फिल्म हाउसफुल-५ ले कति कमायो?

    बलिवुडको साजिद नाडियाडवालाको बहु-स्टारर फिल्म 'हाउसफुल ५' ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । एक दर्जनभन्दा बढी स्टारहरू भएको यो कमेडी फिल्मले रिलिजको दोस्रो सातामा पनि राम्रो कमाई गरिरहेको छ ।

    पहिलो सातामा १३३ करोड ५८ लाख भारु कमाई गरेको थियो भने दोस्रो सातामा २९ करोड ११ लाख कमाई गरेको छ ।  बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको दोस्रो आइतबार १२ करोड ३० लाख कमाई गर्दै अहिलेसम्म १६२ करोड ६९ लाख कमाई गरेको छ ।

    फिल्मले ओटीटी अधिकार ७५ करोडमा बिक्री गरेको छ भएन सेटेलाइट अधिकार ४० करोडमा, म्युजिक राइट २० करोडमा बिक्री गरेर १३५ करोड कमाई सकेको छ ।

    'हाउसफुल ५' मा २० भन्दा बढी कलाकारहरू देखिएका छन्, जसमा अक्षय कुमार, रितेश देशमुख, संजय दत्त, अभिषेक बच्चन, नाना पाटेकर जस्ता दिग्गज कलाकारहरू समावेश छन् । सोनम बाजवा, नरगिस फाखरी, ज्याकलिन फर्नान्डेज र चित्रांगदा सिंह पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्म तरुण मनसुखानीद्वारा निर्देशित र साजिद नाडियाडवालाले निर्माण गरेको हो ।

    साढे २ सय करोडमा बनेको हाउसफुल ५ लाई भारतीय सिनेमाको अहिलेसम्मको सबैभन्दा ठूलो कमेडी फिल्म भनिएको छ । फिल्मको प्रचार पनि एकदमै अनौठो तरिकाले गरिएको छ, जसले दर्शकहरूलाई जिज्ञासु बनाएको छ । एकातिर अक्षय कुमार यो फिल्मबाट फेरि एक पटक बक्स अफिसको बादशाह बन्ने अपेक्षा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार