शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लेवानडोस्कीसँगको विवादपछि पोल्याण्डका प्रशिक्षकको राजीनामा

लेवानडोस्कीसँगको विवादपछि पोल्याण्डका प्रशिक्षकको राजीनामा

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • लेवानडोस्कीसँगको विवादपछि पोल्याण्डका प्रशिक्षकको राजीनामा

    पोल्याण्डका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक माइकल प्रोबियर्जले राजीनामा दिएका छन् ।

    पोल्याण्डका प्रमुख खेलाडी रोबेर्ट लेवानडोस्कीसँगको विवादपछि प्रोबियर्जले राजीनामा दिएका हुन् । उनले पोल्याण्डको कप्तान रहेका लेवानडोस्कीलाई हटाएर पिओटर जिलिन्स्कीलाई कप्तान बनाएपछि यो विवाद शुरु भएको थियो ।

    लेवानडोस्कीले प्रोबियर्ज राष्ट्रिय टिमको प्रशिक्षक रहेसम्म आफु नखेल्ने घोषणा गरेपछि उनी अप्ठ्यारोमा परेका थिए । लेवानडोस्की २०१४ देखि पोल्याण्डको राष्ट्रिय टिमको कप्तान रहेका थिए ।

     ३६ बर्षिय बार्सिलोनाका स्ट्राइकर लेवानडोस्की पोल्याण्डको गत शुक्रबार भएको मोलडोभाविरुद्धको मैत्रुपूर्ण खेलमा टिममा थिएनन् भने जुन १० मा हुने फिनल्याण्डविरुद्धको विश्वकप छनौट खेलमा पनि उनी टिममा थिएनन् । सो खेलमा पोल्याण्ड फिनल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

    लेवानडोस्कीले भनेका थिए- 'परिस्थिति र पोलिश राष्ट्रिय टोलीका प्रशिक्षकमाथिको विश्वास गुम्दै गएको कुरालाई ध्यानमा राख्दै, मैले उनी प्रशिक्षक रहुन्जेल पोलिश राष्ट्रिय टोलीबाट खेल्नबाट पछि हट्ने निर्णय गरेको छु । मलाई आशा छ, म फेरि विश्वका उत्कृष्ट फ्यानहरूका लागि खेल्ने मौका पाउनेछु ।'

    २०२३ देखि पोल्याण्डको राष्ट्रिय टिमको प्रशिक्षक रहेका प्रोबियर्जको सम्झौता पोल्याण्डको विश्वकप छनौटको अन्तिम खेलसम्म रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार