शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओलीप्रति व्यङ्ग्य गरिएपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो

ओलीप्रति व्यङ्ग्य गरिएपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • ओलीप्रति व्यङ्ग्य गरिएपछि विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलायो

    कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ।

    गत मंगलबारको कार्यक्रमको शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्री कार्यालयले बोलाएको हो। उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो ।

    जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो। यही विषयलाई लिएर लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका हुन्। निर्देशक भण्डारीले प्रधानमन्त्री कार्यालयबाट बोलावट आए पनि सामान्य कुराकानी भएको जनाएका छन्।

    ‘मैले कार्यक्रमका लागि बोलाएको होला भन्ने ठानेको थिएँ,’ भण्डारीले भने ‘सामान्य भेटघाट र कुराकानी भयो ।’ केही नयाँ कार्यक्रमको आइडियाबारे पनि छलफल भएको उनले बताए। कुराकानीको अन्तिममा भने प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार