शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अनेरास्ववियुको मतदान सम्पन्न, नतिजा केहि घण्टामा आउने

अनेरास्ववियुको मतदान सम्पन्न, नतिजा केहि घण्टामा आउने

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • अनेरास्ववियुको मतदान सम्पन्न, नतिजा केहि घण्टामा आउने

    नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनको मतदान सम्पन्न भएको छ ।

    विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ प्रतिनिधि मध्ये १४५० प्रतिनिधिले मतदान गरेको निर्वाचन कमिटीले जानकारी दिएको छ । मतदानका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।

    केहि बेरमा मत गणना हुने र करिब २ घण्टामै मत परिणाम आउने बताइएको छ । यसअघि बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदान हुने तालिका सार्बजनिक गरेको थियो । तर निर्वाचन कमिटीले सुरक्षा निकायको सुझाव अनुसार निर्वाचन विहिबारका लागि सारेको थियो ।

    नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा.सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा रहेको छ ।  त्यस्तै एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ । त्यसैगरी महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।  महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्ने बताइएको छ । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार रहेका छन् ।

    यस निर्वाचनले अनेरास्ववियुको ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ ।  अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार