शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के नियुक्त

जेठ २८, २०८२ बुधवार
जेठ २८, २०८२ बुधवार
  • नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के नियुक्त

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।

    नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णय बमोजिम बुधबारदेखि लागु हुने गरि मास्केलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो ।  मास्केले यसअघि कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

    नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

    पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेपछि पद खाली रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार